कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ६७५ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप २६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार ९४७ जनाको पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौंमा ९९६ , ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २१ सय ७४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ८० हजार ९५४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस