गोबरगाढा अझै विद्युतविहीन


सप्तरी जिल्लाको पूर्वी भेगमा अझैसम्म विद्युत् पुग्न नसको छैन । जिल्लाको अतिविकट मानिने हनुमाननगर कङ्कालिनी नगरपालिकाको गोबरगाढामा बिजुली बत्ती नपुग्दा स्थानीयवासी अझैसम्म विद्युत्को पहँुचबाट वञ्चित भएका हुन् ।

वडा नं १३स्थित सो गाउँका करिब ८० घरपरिवार बिजुलीको उपभोगबाट वन्चित भएको वडाध्यक्ष विन्देश्वरी यादवले बताउनुभयो । सप्तकोसी नदीमा बाढी आएको बेला पनि चारैतिरबाट पानीले घेर्ने गरेको र विद्युत्को पनि अभाबमा आफूहरूलाई दैनिक जीवन यापनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी अजय यादवका अनुसार वितरण गरिएको सौर्य उर्र्जा पनि पुरानो भएपछि अहिले रातिको समयमा मधुरो बत्ती बल्न थालेकाले पुरानै समस्या बल्झिएको छ ।
गोबरगाढा पुग्न एक दर्जन साना साना नदी तर्नुपर्ने बाध्यता हुँदा पनि स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारको यहाँको विकासमा ध्यान नपुगेको उहाँको भनाइ थियो । गत आव रू १० लाखको लागतमा सो स्थानमा सौर्य उर्जा उपलब्ध गराइएको नगरप्रमुख शैलेश साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस