साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै


–दिलकुमार लिम्बू

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ ।

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू. ६० हजार ऋण लिनुभएका बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु प¥यो । त्यस्तै तिरैतो खेती गर्न साहूबाट त्यत्तीकै व्याजदरमा रू चार लाख ऋण लिनुभएका केरसिंङ लिम्बूलाई ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो ।

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपथ्र्यो । बैंक तथा वित्तीय संस्थामा पहँुच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्तुङलुङ गाउँपालिका–६ का श्याम लिम्बूले बताउनुभयो । साहूले ऋण दिएपछि तिनको गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत दिने प्रचलन अहिले हटदै गएको उहाँको भनाइ थियोे । ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो ।

यसरी सञ्चलित सहकारीमध्ये फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको वडा नं ६ स्थित संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ परूषसहित ४३८ सदस्य र वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी १६० सदस्य रहेका छन् । ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन् ।

बित्तीय पहँुचबाट टाढा रहेका दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पु¥याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताउनुभयो । अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण खरिदलगायतका व्यपार व्यवसाय गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिनुभयोे । रासस

प्रतिक्रिया दिनुहोस