कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ६९४ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३७ सय ४९जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा १६ हजार ५९८ जनाको पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ सय ९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४जना संक्रमित देखिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ३५ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ८४ हजार ५१८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस