एकैपटक ५ शिशु जन्माउने आमा बल्ल मिडियामा बोलीन (भिडियो)


हामीले केहि दिन अगाडी ५ वटा बच्चा जन्माएको समाचार तपाइमाझ प्रस्तुतु गरेका थियौ। आज हामी त्यहि समाचारको न्वारानको दिनमा फलोअप रिपोर्ट लिएर आएका छौ ।उक्त ५ बच्चा मध्य अहिले २ जनाको निधन भएको छ भने ३ जना जीवितको आज न्वारन गरिएको छ र न्वारनमा आज यस्तो नाम राखियो । कहिलेकाही यस्ता कुराहरु सुन्दा अचम्म लाग्छ भने नजिकबाट हेर्दा त झन् चकित नपर्ने त कुरै भएन। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत निकालिएको हो ।

उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्रका अनुसार तीमध्ये २ जनाको मृत्यु भएको छ । डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा अहिले जम्मा ३ जना मात्र छोरी छन्।

प्रतिक्रिया दिनुहोस