सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु


कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बस्नुभएका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस