कोरोनाले गर्दा २५ प्रतिशत मात्र काम


विश्वव्यापीरूपमा फैलिएको कोरोनाको प्रकोपका कारण लकडाउन र निषेधाज्ञाका कारण जिल्लाको राक्सिरागं गाउँपालिकाले विगत तीनमहिनामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममध्ये २० देखि २५ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

कारोना सङ्क्रमणको नियन्त्रण तथा केही भौतिकपूर्वाधार विस्तारको काम सम्पन्न भएको र केही निर्माणको क्रममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार भत्किएका सडक मर्मत र नयाँ सडक निर्माणका साथै गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चेपागङ्ग सङ्ग्राहालय स्थापनार्थ भवन निर्माणलगायत काम हो ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत कोरोना अस्पताल निर्माणको काम गरिरहेको र छिटै सम्पन्न हुने बताएको छ ।गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सुरक्षाका सामाग्री वितरण र सम्भावित सङ्क्रमितहरूलाई सावधानी अपनाउन पहल गर्ने, र उनीहरूलाई आइसोलेशन कक्षमा राखेर उपचारात्मक कार्य गर्दै आएको जनाएको छ ।
उक्त गाउँपालिकाले एकल महिला,बालबालिका र सुत्केरी महिलाका लागि पनि उल्लेखनीय कार्य गर्दै आएको आयमुलक तालिम पनि सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस