कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ७३९ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप २९ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४२ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित देखिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ९२ हजार १६६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस