सक्किगोनी बिर्साउने कोपा र चिबेको “हास्नु हुन्न है” कुकुर र घोडापछी पहिलोपटक बोकाको अभिनय सबै चकित (भिडियो सहित)


हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को दशै बिशेष भाग सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । कुकुर र घोडाको अभिनय त तपाईले देख्नु भएको होला तर बोकाले पनि अभिनय गर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस पहिलोपटक सिरियल हास्नु हुन्न है मा बोकाले सबै चकित पार्ने अभिनय गरेर देखाएको छ ।

विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा पहिलोपटक बोकाले अचम्मको अभिनय गरेको छ । यो देखेर सबै छक्क परेका छन । पुर्ब झापामा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि छुट्टै आनन्द आउँछ । यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई,श्याम गिरि संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, साथै टिकटकबाट चर्चामा आएकी सल्लु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ ।

यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । दशै स्पेसल यो हप्ताको भाग दशलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । बोकाले सबै छक्क पार्ने अभिनय गरेको हेर्नुहोस तपाईंको पनि होस उड्नेछ । तलको भिडियो हेर्नुहोला पेट मिचीमिची हसाउने छ ।

प्रतिक्रिया दिनुहोस