हावाहुरीले मकैबाली नष्ट भएपछि हावाहुरी पीडितलाई राहत वितरण


टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० परिवारलाई चामल वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो । पीडितका लागि गाउँपालिकाले रु. पाँच लाख लागतमा २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस