दमक अस्पतालमा सुविधा सम्पन्न भवन बनाइँदै


झापाको दमकमा तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ ।

अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको रु २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको हो । अस्पताल सञ्चालन समिति अध्यक्ष तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार अस्पताल परिसरमै सुविधा सम्पन्न अस्पताल भवन बन्न लागेको र त्यसको लागत रु २० करोड ४२ लाख नौ हजार ४०८ रहने छ ।

लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न तीन तले भवन बढीमा ३० महिनाभित्र सम्पन्न हुने जनाइएको छ । निर्माणको जिम्मा श्री लुम्बिनी अर्घाखाँची जेभीले पाएको छ । अस्पतालको दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत शिलान्याास गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस