चर्चित चलचित्र ‘ए मेरो हजुर ३’ दिपावलीको अवसर पारेर युट्युबमा रिलिज, अनमोल र सुहानाको अभिनयको प्रशंसा (भिडियो)


गत वर्ष हलमा रिलिज भएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा बिहिबार रिलिज भएको छ । अभिनेता अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहेको यो चलचित्र अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा अनमोल र सुहानासंगै सलोन बस्नेत,अर्पण थापा र सरोज खनालको पनि भूमिका रहेको छ । अभिनेत्री झरना थापाको छोरी सुहानाको यो नै डेब्यु चलचित्र हो वियोगान्त अन्त्य रहेको । यस चलचित्रलाई दर्शकले राम्रो चलचित्रमा गणना गरेका छन ।

प्रतिक्रिया दिनुहोस