अस्पतालको आइसीयुमा उपचाररत आफ्नो पुर्वपति मनोज गजुरेललाई मार्मिक पत्र लेख्ने मिना ढकाल भक्कानिदै आइन मिडियामा (भिडियो)


चर्चित हास्यकलाकार मनोज गजुरेललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। कोरोना भाइरस सङ्क्रमित भएका उनको शुक्रबार भने स्वास्थ्य अवस्थामा सुधार आएको छ । शुक्रबार राति अस्पतालबाटै सामाजिक संजाल मार्फत उनले आफूलाई निकै सुधार भएको र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद दिएका छन् ।

कोरोना भाइरस संक्रमण भएका उनलाई श्वास – प्रश्वासमा समस्या देखिएपछि बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा पुर्यााइएको थियो। अस्पतालमा एक्सरे गरेर हेर्दा उनको फोक्सोमा निमोनिया भएको देखिएको एक चिकित्सकले जानकारी दिए ।

उनलाई कात्तिक १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनले आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

यसैबीच गजु्रेलकी पूर्वपत्नी मीना ढकालले स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा मनछुने स्टाटस लेख्दै भौतिक रुपमा टाढा भएपनि आफुले मनोजलाइ धेरै माया गर्ने बताएकी छिन् । उनले मनोज आईसियुमा उपचारारत छन् भन्ने समाचारले आफुलाई वि़क्षिप्त बनाएको बताएकी छिन् ।

सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दै उनले जतिसुकै मनमुटाव भएको भएपनि सिकिस्त भएको आफुले सहन नसक्ने बताउकी छिन् ।

सामाजिक संजालमा मीनाले लेखेकी छिन् – ‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।।

तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ ।

उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी’

उनै मिना ढकालसंग गरिएको ताजा कुराकानी हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस