धवलागिरिको पहिलो रेडियो १७ औँ वर्षमा


धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ कात्तिक २७ गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो । धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमा रेडियोको विस्तार शुरु भएको हो ।

अहिले बागलुङमा मात्र दश वटा रेडियो सञ्चालित छन् । एफएम रेडियोको प्रसारण पहुँच पनि व्यापक बनेको छ । वार्षिकोत्सवका अवसरमा विगतमा जस्तो खुला कार्यक्रम÷समारोह गर्न नसकिए पनि रचनात्मक ढङ्गले कृयाकलापहरु गरिएको एफएमका स्टेसन प्रमुख उमाकान्त शर्माले जानकारी दिनुभयो ।

“त्रिदिवसीय कार्यक्रमसहित वार्षिकोत्सव मनायौँ, मूल समारोहलाई पनि स्टुडियो भित्रैबाट प्रत्यक्ष प्रसारणमार्फत फरक ढङ्गले सम्पन्न ग¥र्यौँ”, उहाँले भन्नुभयो । पहिलो दिन मङ्गलबार भाषा, साहित्यको उन्नयनमा धवलागिरि एफएमको भूमिका विषयक रेडियो अन्तरक्रिया र खुला मुक्तक प्रतियोगिता गरिएको थियो ।

बुधबार धवलागिरि अस्पतालका बिरामीलाई तातो दूध वितरण, बागलुङ जिल्लाबाट कला, सङ्गीतका क्षेत्रका विशिष्ट योगदान पु¥याएका व्यक्तित्वसँग अन्तरसम्वाद, कोभिड–१९ ले शैक्षिक जगतमा निम्तिएको समस्याबारे सरोकार भएका पक्षबीच छलफल र पत्रकार÷सञ्चारकर्मीबीच ‘सङ्कटमा सञ्चार’ विषयमा अन्तरक्रिया गरिएको थियो ।

विद्यमान महामारीको स्थितिमा सञ्चारमाध्यम र पत्रकार/सञ्चारकर्मीले भोगेका जटिलताबारे कार्यक्रममा विर्मश गरिएको थियो । सोही शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सक्षम सञ्चार गृहले नै श्रमजीवी पत्रकारलाई हठात् सेवाबाट हटाउनु दुःखद् भएको बताउनुभयो ।

उहाँले पत्रकार पनि उच्च सीप र दक्षतासहित प्रतिस्पर्धी बजारमा उत्रनुपर्ने बताउनुभयो । सङ्कटसँग जुध्ने र सङ्घर्ष गर्न नसक्ने सञ्चार संस्था या पत्रकार आफै पलाएन हुने अध्यक्ष शिरीषको भनाइ छ । प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले हरेक चुनौतीसँगै सम्भावना पनि हुने भन्दै सङ्कटका बेला पत्रकारको भूमिका झन् अहम् हुने धारणा राख्नुभयो ।

धवलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमले राज्यले सञ्चारमाध्यमको सबलीकरणका लागि उचित प्रबन्ध गर्नुपर्ने बताउनुभयो । विकासको एउटा सूचकको रुपमा सञ्चार पनि भएको स्मरण गराउँदै उहाँले बजेट÷कार्यक्रम आउँदा सञ्चार क्षेत्र उपेक्षामा पर्ने गरेको गुनासो गर्नुभयो । अध्यक्ष गौतमले सञ्चार प्रतिष्ठानको सबलीकरणका लागि परियोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस