बीबीसीको प्रभावशाली ‘१०० महिला-२०२०’ को सूचीमा बेबारिसे शवको अन्त्यष्टि गर्ने नेपालकी किशोरी सपना मगर पनि


विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा आर्यघाटमा बेवारिसे शवको अन्त्येष्टि गर्ने १९ वर्षीया सपना रोका मगर परेकी छन्। यस्तै बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले बेवारिसे शवको ब्यबस्थापन गरिरहेकी छिन् ।

बीबीसीको सूचीमा परेपछि सपनाले आफू गौरवान्वित भएको बताएकी छन्। सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् ।

उनीबारे कमल परियारले बनाएको यो भिडिओमा हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस