गीतकार निमा शेर्पाको मर्मस्पर्शी गीत ‘तिम्रो पर्खाइमा’ सार्वजनिक (भिडियो)


तारा थुलुङ

नेपाली गायन क्षेत्रमा लागेका कलाकारहरुलाई एकतृत बनाउने संस्था अल सिङ्ग टुगेदर (एएसटी)को संयोजनमा ‘तिम्रो पर्खाइ’मा बोलको गीतको ‘भिडियो’ सार्वजनिक भएको छ । यस गीतलाई एएसटीले एक भर्चुयल कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको हो । जुन कार्यक्रममा प्रमुख अतिथिको भूमिका चर्चित गायक जगदिश समालले निर्वाह गरेका थिए भने रेडियो मितेरीबाट यसको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यस गीतमा शब्द तथा संगीत गीतकार तथा संगीतकार निमा शेर्पाको रहेको छ भने स्वर नेपाली भाषी भारतीय गायिका रजनी सुन्दासको रहेको छ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा कलम चलाउने शेर्पाले धेरै वटा गीतमा आफ्नो सुमधुर संगीत समेत भरेका छन् । भरखरै सार्वजनिक भएको गीतमा पनि शेर्पाले उस्तै संगीतको माधुर्यता पस्केका छन् । यस गीतको सङ्गीत सम्योजन फणिन्द्र राइले गरेका छन भने भिडियो सम्पादन बिजय ग्लानको रहेको छ । मार्मिक शब्द, संगीत र सुमधुर आवाजको समिश्रणले यो गीत अत्यन्तै मिठो बनेको छ । यस गीतको भिडियोलाई अल सिङ्ग टुगेदरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियो तल हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस