बिदेश लाने भन्दै करोडौं ठगी गर्ने पक्राउ कोपा,चिबे,कालीबुढीको यस्तो बिजोक, (भिडियो सहित)


हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को नयाँ बिशेष भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक गरिएको छ । मात्रै पन्ध्र भाग पुगेको यो सिरियल छोटो समयमै सबैको मन जित्न सफल भएको छ । हास्नु हुन्न है दोबाटे फुटेर निर्माण भएको हो । सुरुमा दुई जना कोपा र चिबे मात्रै निकालिएका थिए । त्यसपछि दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा नै आएका छन ।

दोबाटेमा प्राय कोहि कलाकारहरु लामो समय टिकेको देखिदैन । विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा नयाँ तरिकाले सबै हसाउने कथामा तयार हुन्छ । हरेक हप्ता केहि न केहि संदेश दिने हास्नु हुन्न है देखेर सबै छक्क परेका छन ।

यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी), रुबिना गहतराज अर्थात आरती (ए ल ल), सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, दिनेश बस्नेत तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए ।

आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । हास्नु हुन्न है यो हप्ताको विशेष भागलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत भर्खरै सार्बजनिक गरिएको छ । यो हप्ताको हास्नु हुन्न है मा चिबे र कोपाले बिदेश जाने सोच भएकालाई नेपालमै दुख गरेर प्रगति गर्न सकिन्छ भन्ने कुरालाई रोमान्चक तरिकाले निकै राम्रो संदेश दिएका छन । अनि कसरी दलालको फन्दाबाट बाच्ने भन्नेबारे कलात्मक तरिकाले प्रस्तुति गरिएको छ । हसाएरै मीठो संदेश दिएका छन । धेरैले सक्किगोनी सङ तुलना गरेर कमेन्ट गर्ने गरेको हास्नु हुन्न है छोटो समयमा निकै चर्चा कमाउन सफल भएको देखिन्छ । तलको भिडियोमा हेर्नुहोला पेट मिचीमिची हसाउने छ ।

प्रतिक्रिया दिनुहोस