मैले पारसलाई विवाहको प्रस्ताव गर्दा उनले… (भिडियो)


विवादास्पद छविका पुर्व युवराज पारस शाह र उस्तै विवादास्पद छवी भएकी यूट्यूबर तथा मोडल सोनीका रोकायाको नाम जोडिएर सामाजिक संजालमा थुप्रै समाचार बने ।

कोरोना महामारी आउन अगाडी दरवारमार्गस्थित सोनिकाको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुइकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरु बिचको निकटताले झन चर्चा कमाएको हो । त्यति मात्र हैन उनीहरु पोखरा घुम्न देखि हेलिकप्टर मार्फत अन्नपूर्ण बेस क्याम्प सम्म पुगे ।

पूर्व युवराज पारससँग नाम जोडिए सोनीका रोकाया यतिबेला आफ्नो गृह जिल्ला बझाङमा छिन । उनले आफ्नो युट्युब प्रोफेसन त्यहिबाट निरन्तरता दिइरहेकी छन । सोहि युट्युब मार्फत बेला बेला पारससंगको आफ्नो सम्बन्ध र राजा बारेको आफ्नो भनाई राख्दै आएकी छन । निक्कै उत्श्रीन्खल जीवन बिताई रहेकी सोनीकाको जीवनलाई बदल्ने श्रय उनले पारसलाई नै दिने गर्दछिन । उनले आफु र पारसको सम्बन्ध रहेको पनि स्वीकारेकी छन । तर विवाहको प्रास्ताव राख्दा पारसले नमाने पछी उनीहरुको सम्बन्ध सकिएको समेत दावी गरेकी छन ।

पुर्व युवराज जसको आफ्नै श्रीमती र परिवार छ उनलाई विवाहको प्रस्ताव गर्नु नै मेरो पाप मनसाय हो भन्दै अहिले सोनीकाले प्रायश्चित गर्छन । मैले पारसलाई गुरु मान्नु पर्ने तर मेरो स्वार्थले उनलाई प्रेमी सम्झीए भन्दै उनि भक्कानिदै आफ्नो गल्तिको प्रायश्चित गरेकी छन ।

०००

मृ तक टीका देवीसंग अ नैतिक सम्बन्ध रहेका प्रकाशको श्रीमती आइन मिडिया, वास्तविकता यस्तो रहेछ हेर्नुस् (भिडियो)

झापामा खु कुरी प्र हार गर्दा श्रीमानले श्रीमतीको ह त्या गरेका छन्। खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खु कुरी प्र हार गरेका हुन्।

खु कुरी प्र हारबाट टीकादेवीको आइतबार साढे ५ बजेको समयमा घ टनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएकाे छ। धान उठाउन टीकादेवीसँग झापाकै दमक नगरपालिका-३ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल पनि गएका थिए।

प्रहरीका अनुसार चुडामणिले खु कुरी प्र हार गर्दा प्रकाश पनि घाइते भएका छन्। उनको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ। उनीहरू जिल्लाकै कमल गाउँपालिका वडा नम्बर-६ मा खेतबाट धान उठाउन गएका थिए। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुडामणिलाई पक्राउ गरेको जनाएको छ।

आफ्नो श्रीमतीले प्रकाशचन्द्र दाहालसंग अ नैतिक सम्बन्ध बनाएको कारण यस्तो दुखद घ टना घ टेको छिमेकी र आफन्तले बताएका छन । भाइ बुहारीका अनुसार चुडामणि २२ वर्ष बैदेशीक रोजगारीको सिलसिलामा देश बाहिर रहेको र सोहि समयमा श्रीमतीको प रपुरुषसंग सम्बन्ध भएपछि क लह सुरु भएको हो । घ टनाबारे प्रहरीले अ नुसन्धा न थालेको छ।

यसै बीच प्रकाश दाहालका श्रीमती यस विषयमा बोल्न मिडियामा आएकी छन । भिडियो हेर्नुहोस ।

०००

अमेरिकामा ३३ वर्षीय नेपाली डाक्टर रोशनको निधन, डाक्टर पढ्न लिएका थिए ३ लाख डलर ऋण

अमेरिकामा कार्यरत एक नेपाली डाक्टरको असामयिक निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत ३३ वर्षीय डाक्टर रोशन झाको हृदयघातका कारण निधन भएको हो ।

उनको श्रीमती स्वेता ठाकुर पनि डेन्टिस्ट बिषयको अध्ययनरत बिद्यार्थी हुन् । निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन। पारिवारिक स्रोतका अनुसार डाक्टर रोशनले डाक्टर पढ्नकै लागि करिब ३ लाख डलर लोन लिएका थिए । तर उनले डाक्टर पढ्न लिएको ऋण तिर्न नपाई नै ज्यान गुमाए । उनले लिएको त्यति धेरै ऋण तिर्ने सामर्थ्य विद्यार्थी श्रीमतीमा छैन । त्यसैले उनी कार्यरत अस्पतालका साथीहरु र आफन्तहरुले गो फण्ड मिको अकाउन्ट खोलेर सहयोगको माग गरेका छन् । यो समाचार तयार पार्दा सम्म गो फण्ड मिमा १ लाख ६० हजार डलर सहयोग आइसकेको छ ।

निक्कै राम्रो डाक्टर रोशनले कोभिड-१९ को बेला पनि फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गरेको साथिहरुले बताएका छन । रोशनलाई सहयोग गर्न चाहनु हुनेले गो फण्ड मीको यो लिंकमा गएर सहयोग समेत गर्न सक्नुहुनेछ ।

०००

नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको सोती घटनाका ५ जनालाई जनही एक÷एक लाख रुपैया धरौटीमा छाड्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्या न जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक लाख धरौटी माग गरेको छ ।

मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा उक्त रकम धरौटी माग्दै छाड्न आदेश दिएको हो । यसअघि तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधिश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका छ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो । उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेश गर्ने कानूनी व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले छ जना मध्येका एक सबिन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।”

मुख्यन्यायाधिश सुवेदीको इजलासले घटना विवरण कागजमा प्रतिवादी सबिन पुनले भेरी नदी पार गरेर भागिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भङ्गालो पार गरी भागिरहेकालाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ ।

अन्य पाँच जनाले घटना हुँदाका बखत आफू खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भइ बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठहरे बमोजिम हुनेगरी हाललाई जनही रु एक÷एक लाख धरौटीमा छोड्न आदेश भएको रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो ।

जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको ह त्या भएको थियो ।

०००

कक्षा ११ पढ्दा पढ्दै केटासंग भागे पछि सपना यसरी सडकमा पुगेकी थिइन (भिडियो)

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।

आ त्मविश्वासका साथ गलत सङ्गत र दु’व्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो ।

सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

“विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ”, सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो ।

अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन असफल र परिवारबाट टाढिएपछि उनको मनमा आ त्मह त्याको सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् ।

पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवारिसे शव व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् ।

बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघाटमा दागबत्ती दिने र दाहसंस्कार गर्छिन् ।

सपना काठमाडौँका अस्पतालमा बेसहाराको अभिभावकको रूपमा चिनिन्छिन् । “कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ”, सपनाले भनिन्, “बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, म रेको आ त्माले शान्ति पाए मलाई पुग्छ ।”

आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । एकै दिनमा छ वटासम्म शवको दाहसंस्कार गरेको उनी बताउँछिन् । अभिभावकको इच्छाअनुसार पढाइलाई निरन्तरतासँगै सडकमा बेवारिसे मानिसको सेवा गर्ने सपनाको योजना छ ।

आफु बिबिसीको १०० प्रभावशाली महिलाको सुचीमा परेपछि सबै प्रति आभार ब्यक्त गर्दै सपना यसो भन्छिन – ‘बिबिसीबाट विश्व भरी का १०० महिलाको छनोटमा तपाईहरुको माया साथ र सहयोगले मलाई छनोट गरिदिनु भएकोमा मेरो आदरणीय भगवान तपाईंहरु सबै प्रती आभार।’

१५ वर्षको उमेरमा सपना यसरी स डकमा पुगेकी थिइन ।

प्रतिक्रिया दिनुहोस