यहि मङ्सिर २२ गते रमेश प्रसाई प्रेमिका नन्दासंग विवाह गर्दै, को हुन् नन्दा


काठमाडौं । चर्चित प्रखर वक्ता रमेश प्रसाईले लगनगाठो कस्ने भएका छन् । यहि मङ्सिर २२ गते उनले समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

विहेको निमन्त्रण कार्ड सार्वजनिक गर्दै उनकै निकट मित्र जीवन विष्टले जानकारी गराएका हुन् । जीवन विष्ट र रमेश प्रसाईको एकै मण्डपमा विवाह सम्पन्न हुदैछ । पछिल्लो समय ‘रिंकेबुङको राँगो’बोलको ‘कभर संङ्ग’ गाएर चर्चामा रहेका प्रसाई विभिन्न बक्तित्व कलामा बिजेता बन्दै आएका दृष्टिविहिन युवा हुन् । उनको दृष्टि गुमे पनि तिछ्न मस्तिस्क सामान्य मानिस भन्दा दशौ गुणा तेज छ ।

पछिल्लो समय गायक प्रसाई र कल्पना दाहालले ईन्द्रेणी नामक एक दोहोरी कार्यक्रममा गाएको दोहोरीसंगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो । तर  त्यो एउटा गसिप मात्र रहेको र उनको प्रेम भने अर्कै युवतीसंग भएको पुष्टि भएको छ ।

को हुन् रमेश प्रसाईको दुलही ?

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । दृष्टिविहिन उनि आफैलाई सहाराको खाचो भए पनि उनले एक दर्जन बालबालिकालाई सहारा दिदै आएकी छिन् । उनि समाजसेवी महिला समेत हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी हुन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था नन्दाले चलाउदै आएकी छन । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर नन्दाले गरेको काम सामान्य मानिसले गर्नेभन्दा ठूलो छ ।

तीन वर्षको उमेर हुँदासम्म सिंहले आँखा देख्थिन् । झाडापखालाले नराम्ररी सतायो । मरी भनेर घरका परिवारले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठीक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उनले बताइन् । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखाला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भएँ । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो । – नन्दाले सुनाइन ।

प्रतिक्रिया दिनुहोस