आज थप १४ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि, १५ सय ६७ जना डिस्चार्ज


कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५ सय ६७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख १८ हजार १६१ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १५ सय ३८ पुगेको छ ।

०००

अमेरिकामा एक हप्ताभित्रै कोभिड–१९ बाट १० हजारको मृत्यु

कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् ।

अझै पनि विश्वभर १ लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस