प्रकाश दाहालको ४ बर्ष देखिको सडयन्त्र यस्तो रहेछ, गाउ कै सोझा चुडामणिको श्रीमती मात्र हैन धनसम्पति समेत हडपेको आरोप, जेलबाट निस्किए फुलमालाले स्वागत गर्ने भन्दै सारा गाउले चुडामणिको पक्षमा (भिडियो)


झापा । झापाको दमकका प्रकाश दाहालको आफ्नो श्रीमति स्मारिकासँग विगत ३ बर्षदेखि बोलचाल नभएको पाइएको छ । झापा दमक–१ की टिकामाया पौडेलसँग नजिकको सम्बन्ध भएपछि प्रकाशले कु टपि ट गर्न थालेपछि उनीहरुबीच बोलचाल बन्द भएको हो ।

बोलचाल बन्द भएपनि पटक पटक कु टपि ट गर्न थालेपछि माइती र परिवार पक्षले प्रकाशलाई छुट्टै बस्न भनेपछि चार महिनादेखि घरमा नआएको स्मारिकाले बताइन् । श्रीमति स्मारिकाले धेरै पटक गाउँका मानिस समेत राखेर समस्या सुल्झाउने कोशिष गरिन् तर प्रकाश मानेनन् । उनै महिलाका लागि भनेर श्रीमति छोडेर हिँडे । आफ्नो श्रीमतिलाई वास्ता नगर्ने, भाउजु भन्दै उतै बस्न जानुहुन्थ्यो, प्रकाशको श्रीमतिले भनिन्, मलाई मेरो माइतीले नै सहयोग गर्नुहुन्थ्यो ।

प्रकाशले दुई छोरा पनि लिएर गएर कोठा भाडामा राखेको उनले बताइन् । ठूलो छोरालाई होस्टलमा राख्ने भनेर लिएर गएको उनको भनाई छ । उनले छोरालाई पनि आफुसंग बोल्न र आउन पनि नदिएको उनको भनाई छ । उनले आफ्नो श्रीमान्लाई भेट्न अस्पताल पनि गएकी छैनन् । टिकामायासंगको सम्बन्ध भएकै कारण आफ्नो परिवार विग्रिएको उनको भनाई छ । फोनमा टिकामायासंग त कुराकानी भएको बताइन् । किन यस्तो कुरा सुनिन्छ दिदी भनेर मैले सोधेको थिए, पौडेलको छोरी भएका कारण मैले दिदी नै भनेर बोले । उनले भनिन् टिकामायाको माइतीले पनि छोरीलाई त्यस्तो नगर भनेर बारम्बार सम्झाएको पनि आफुले थाहा पाएको बताइन् ।

यसै बीच उक्त घ टना बारे स्थानीय वासिन्दाहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।

०००

चालक अनुमतिपत्रका लागि अब परीक्षा नलिइने

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।

सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।” सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो ।

दशैँ–तिहारपछि सेवाग्राहीको चाप कम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ । उहाँले भन्नुभयो, “कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गर्नुहुन्छ ।” प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ । उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवाग्राहीलाई सिकाइरहेका छन् । तिहारलगत्तै उपत्यकाका धेरै केन्द्रमा सिक्नेको भीड देख्न सकिन्छ ।

१० लाख र ५ तोला सुन लिएर अर्कै महिलासंग फरार श्रीमान यस्तो अवस्थामा भेटिए, श्रीमतीले होस् गुमाइन (भिडियो)

काठमाडौ । आज हामीले केहि दिन अगाडी प्रस्तुतु गरेको घटनाको बारेमा उक्त श्रीमानलाइ फेला पारेको छौ जहाँ यस्तो लफडा परेको छ । काभ्रे स्थायी घर भएका अहिले भक्तपुर सूर्यबिनायक माथि दूधीकोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै समस्यामा रहेको छ । करिब १८ बर्ष जति भईसक्यो उक्त ठाउमा बस्दै आएको यो परिबार । अहिले एकदमै ठूलो समस्या आएपछि मिडियामा हार गुहार गर्दै आएका छन आमाछोरीनै । पोम प्रसाद गौतमसग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन । कमला नाम गरेकी युवती भगाएर हिडेका पोम अर्कैलाई लिएर मात्र फरार भएनन सानै दूधे बालक र २ छोरीलाई पनि बिचल्ली पारे, त्यतिमात्र नभएर नगद रहेको १० लाख रुपैया र ५ तोला सुन पनि लिएर हिडेको श्रीमतीको आरोप छ ।

औधी माया गर्ने आफनै बाबुलेनै यस्तो गरेपछि छोरी पनि चिन्तामा छन । बुवाको कुरा सुन्दा बितिकैनै छोरीको आखाबाट बलिन्द्र आश“ु झरेको थियो । यो घटनाको बिस्तृत बुझदा पहिलेबाटनै उतm युवतीसग अ नैतिक सम्बन्ध भएको र एकचोटी त प्रहरीचौकीमा समेत पुराएको कुरा खुल्न आएको छ । फलोअप रिपोर्ट हेर्नुहोस ।

०००

महिलाको तल्लो पेट किन दुख्छ ? सेतोपानी बग्नुको कारण यस्तो छ, डाक्टरको सुझाव हेर्नुहोस (भिडियो)

आजकाल धेरै महिलाको साझा समस्या भनेको, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ ।

तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो । तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ ।

यस्तोमा तल्लो पेटको दुखाईले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ । कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । यसै बिषयमा हामीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र साहारा अस्पताल पोखराका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राजेश अधिकारीसंग महिलाहरुको तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्याको बारेमा कुराकानी गरेका छौँ । उहाँसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस ।

०००

मृ तक टीका देवीसंग अ नैतिक सम्बन्ध रहेका प्रकाशको श्रीमती आइन मिडिया, वास्तविकता यस्तो रहेछ हेर्नुस् (भिडियो)

झापामा खु कुरी प्र हार गर्दा श्रीमानले श्रीमतीको ह त्या गरेका छन्। खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खु कुरी प्र हार गरेका हुन्।

खु कुरी प्र हारबाट टीकादेवीको आइतबार साढे ५ बजेको समयमा घ टनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएकाे छ। धान उठाउन टीकादेवीसँग झापाकै दमक नगरपालिका-३ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल पनि गएका थिए।

प्रहरीका अनुसार चुडामणिले खु कुरी प्र हार गर्दा प्रकाश पनि घाइते भएका छन्। उनको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ। उनीहरू जिल्लाकै कमल गाउँपालिका वडा नम्बर-६ मा खेतबाट धान उठाउन गएका थिए। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुडामणिलाई पक्राउ गरेको जनाएको छ।

आफ्नो श्रीमतीले प्रकाशचन्द्र दाहालसंग अ नैतिक सम्बन्ध बनाएको कारण यस्तो दुखद घ टना घ टेको छिमेकी र आफन्तले बताएका छन । भाइ बुहारीका अनुसार चुडामणि २२ वर्ष बैदेशीक रोजगारीको सिलसिलामा देश बाहिर रहेको र सोहि समयमा श्रीमतीको प रपुरुषसंग सम्बन्ध भएपछि क लह सुरु भएको हो । घ टनाबारे प्रहरीले अ नुसन्धा न थालेको छ।

यसै बीच प्रकाश दाहालका श्रीमती यस विषयमा बोल्न मिडियामा आएकी छन । भिडियो हेर्नुहोस ।

०००

कक्षा ११ पढ्दा पढ्दै केटासंग भागे पछि सपना यसरी सडकमा पुगेकी थिइन (भिडियो)

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।

आ त्मविश्वासका साथ गलत सङ्गत र दु’व्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो ।

सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

“विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ”, सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो ।

अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन असफल र परिवारबाट टाढिएपछि उनको मनमा आ त्मह त्याको सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् । भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् ।

पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवारिसे शव व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् ।

बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघाटमा दागबत्ती दिने र दाहसंस्कार गर्छिन् ।

सपना काठमाडौँका अस्पतालमा बेसहाराको अभिभावकको रूपमा चिनिन्छिन् । “कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ”, सपनाले भनिन्, “बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, म रेको आ त्माले शान्ति पाए मलाई पुग्छ ।”

आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । एकै दिनमा छ वटासम्म शवको दाहसंस्कार गरेको उनी बताउँछिन् । अभिभावकको इच्छाअनुसार पढाइलाई निरन्तरतासँगै सडकमा बेवारिसे मानिसको सेवा गर्ने सपनाको योजना छ ।

आफु बिबिसीको १०० प्रभावशाली महिलाको सुचीमा परेपछि सबै प्रति आभार ब्यक्त गर्दै सपना यसो भन्छिन – ‘बिबिसीबाट विश्व भरी का १०० महिलाको छनोटमा तपाईहरुको माया साथ र सहयोगले मलाई छनोट गरिदिनु भएकोमा मेरो आदरणीय भगवान तपाईंहरु सबै प्रती आभार।’

१५ वर्षको उमेरमा सपना यसरी स डकमा पुगेकी थिइन ।

प्रतिक्रिया दिनुहोस