भोलीको राशिफल हेर्नुहोस : वि.सं.२०७७ साल मंसिर २० गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर ०५ तारिख


वि.सं.२०७७ साल मंसिर २० गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–पंचमी,२६ घडी ५६ पला,बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य,१५ घडी २१ पला,दिउसो १२ बजेर ५० मिनेट उप्रान्त अश्लेषा । योग–ब्रम्ह,०५ घडी २३ पला,बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल,बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त गर,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०२ पला । स्वयंसेवक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुनाले मन खिन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा ऋण तथा संकटको सामना गर्नु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

साप्ताहिक राशिफल : मंसिर १४ गते आईतबारदेखि मंसिर २० गतेसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताब आउँने तथा पुराना प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गर्ने सहमति जुट्नेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले सरकारी सेवामा रहि काम गर्नेहरुले नियम सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिुर्ने पर्ने हुँन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपतार खर्च बढेर जाने योग रहेकोछ । तापनि बैदेशिक व्यापार फस्टाएर जानेछ भने लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

बृष राशि हुँने हरुका लागि यो हप्ता मध्ययम समय रहेकोछ । जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । हप्ताको अन्ततिर स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कुटनिति तथा पराराष्ट्र सँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुँनेछ भने नसोचेका सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँने तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुँनेछ भने खुट्टा तान्नेहरु हावि हुँनेछन् । व्यापारमा मन्दि आउँनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुँने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुँनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय उत्तम रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउँन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुँनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुँनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुँनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । हप्ताको अन्त तथा शुक्रबार र शनिबारको समय उत्तम रहेकोले समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुँने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुँनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा रमाउँने हरुका लागि केहि मनमुटावको सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । समयको अध्ययन नगर्दा रोग,ऋण तथा संकटको सामना गर्ने पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा अलि बढि समय दिन सके प्रशस्त आम्दानि हुँनेछ । अध्ययन अध्यापनमा भने मेहनेत गरे अनुशारको फल प्राप्त हुँनेछ । आफन्तत तथा अग्रजहरुको सकारात्मक सल्लाहलाई आम्तसाथ गर्दै अगाडि बढ्नु होला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)

हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुँनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुँनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कुनै पनि विवादमा सामेल नहुनुहोला तपाईको पक्षमा फैसला नहुँन सक्छ । आफन्त तथा अग्रज सँग सन्तुलित व्यावहार गर्नुहोला अनाबश्यक विवाद हुँने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । हप्ताको अन्ततिर समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुँनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउँन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सोमबार सम्मको समय मध्ययम रहेकोले पारिवारिक असमझ्दारिले कामहरु गर्न केहि कठिनाई हुनेछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट समय उत्तम रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ राजनिति तथा समाजसेवामा समय व्यातित गर्नेहरुका लागि समयले साथ दिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬)

व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । तापनि यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्य पहिल्याउँन गाह्रो पर्नेछ । दाजुभाई सँग सानो सानो कुरामा विवाद हुँने तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा हुँनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त साथिभाई तथा कुटुम्बबाट आउँने सुखद समाचारले मन प्रशन्न हुँनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईबाट तपाईको काममा सहयोग नहुँने योग रहेकोछ । यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर पनि हुँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आईतबारदेखि मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जाने योग रहेकोछ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।

प्रतिक्रिया दिनुहोस