हृदयघात भएर अस्पतालको आइसीयु पुगेका चर्चित कोरियो ग्राफर रिमो डिसुजा अचानक अस्पतालको बेडमै डान्स गर्दै आए (भिडियो)


बलिउडका चर्चित कोरियाग्राफर तथा निर्देशक रेमो डिसुजालाई गत शुक्रबार दिउँसो हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।  उनि अचानक त्यस्तो गम्भीर बिरामी भएपछि प्रशंसक निक्कै दुखि बनेका थिए ।

तर आज भने उनका प्रशंसकहरुलाई रिमोले खुसीको खबर दिएका छन । हृदयघात भएका उनको शल्यक्रिया पछी स्वास्थ्य अवस्था सुध्रिदै गएको छ । उनको स्वास्थ्यमा सुधार भएको प्रमाण दिन रिमोकि श्रीमती लिजेलले अस्पताल कै बेडबाट एउटा भिडियो सामाजिक संजालमा सार्बजनिक गरेकी छन ।

लिजेलले आफ्नो इन्स्टाग्राममा रिमोको खुट्टा पट्टिको भाग मात्र देखाउदै ‘खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईंहरु सबैको प्रार्थना र आशीर्वादका लागि ।’ लेखेकी छन् । जहा रिमोले म्युजिकको धुनसंगै आफ्नो खुट्टालाई नचाएका छन ।

उक्त भिडियो सार्बजनिक गर्दै लिजेलेले रेमोको शल्यक्रिया सफल भएको जानकारी पनि दिएकी छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस