बालापनको तस्विर शेयर गर्दै सन्तोषले लेखे भावुक स्टाटस


बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतिष्पर्धामा नेपाली युवा सन्तोष शाह ग्राण्ड फिनाले अर्थात उत्कृष्ट ३ मा प्रवेश गरेका छन । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमालाई समर्पित गर्दै पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार पारेका थिए ।

आफ्नी आमाले बाल्यकालमा श्रम गर्न जादा जुन खाना बट्टामा लिएर पुग्थिन त्यहि खानालाई सन्तोषले फ्युजन गरेर अन्तराष्ट्रिय स्तरको खाना बनाएर पस्किएका थिए । टिफिन बक्स मै पस्किएका उक्त खाना चाखेर अतिथि सेफ र निर्णायकहरुले उनको साथै आमाको पनि तारिफ गरेका थिए ।

यस अघिका राउण्डमा पनि सन्तोषले नेपाली खानालाई विश्वभर चिनाउदै अगाडी बढेका थिए । उनले कोदोको खिर बनाएर उत्कृष्ट ४ मा प्रवेश पाएका थिए । त्यस्तै योमरी बनाएर फाइनल प्रवेश गरेका थिए । अहिले तराईवासीको विशेष खानाहरु आमालाई समर्पित गर्दै उत्कृष्ट ३ मा पुगेका छन । जुन स्थानमा पुग्न विश्वका लाखौ सेफहरुको सपना नै हुन्छ ।

शुक्रबार सन्तोषले आफ्नो बाल्यकालको तस्विर सामाजिक संजालमा सेयर गर्दै भनेका छन् – ‘मेरो सधैको सपना थियो कि एक दिन नेपाली खानाका परिकारहरु विश्वभर चिनाउन चाहान्छु जुन कति राम्रो छ ।’ यो लामो यात्रामा सबैको साथ र सहयोगको लागी धन्यवाद । ‘

सन्तोषको विगत

सन्तोष पांच वर्षको हुदै उनको बुवाको मृत्यु भएको थियो । त्यसपछि उनको आमामा ठुलो पारिवारिक भार थपिएको थियो । फलस्वरूप सन्तोष करिब दश वर्षको हुदा देखि नै पेट पाल्न र पढ्नको लागि श्रम गर्न थाले । उनले करिब ६ किलोमिटर टाढाको फ्याक्ट्रीमा गएर पाउरोटी टाउकोमा राखेर बेच्न ल्याउथे । उनि पन्ध्र वर्षको हुदा एसएलसी पनि दिए तर उनि पास हुन सकेनन । त्यस पछी उनि भारत पसेको सन्तोष सन्तोष सुनाउछन ।

धेरै अनुभव नभएको पन्ध्र वर्षीय ठिटोले भारतमा पनि राम्रो काम पाउने कुरै भएन । उनले गुजरातको एक पांच तारे होटेलमा भाडा माझ्न थाले । उनले त्यति बेला नै होटेल पनि यति ठुलो हुने रहेछ भन्ने थाहा पाएको बताउछन । तिनै सन्तोष अहिले विश्वको नम्बर एक सेफ बन्ने होडमा छन । उनि सेफ कै रुपमा लन्डनमा कार्यरत छन । उनले निकट भविष्य मै नेपाली कुइजिन मात्र पाउने नेपाली रेस्टुरेन्ट खोल्ने योजनामा छन । त्यसको लागि कम्तिमा सय बढी रेसेपी समेत तयार भैसकेको उनि सुनाउछन ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस