टिकटक बनाउन पुलमा झुण्डिएका भनिएका युवक यिनै हुन्, उनको टिकटक एकाउन्ट नै नभएको भन्दै मृतकका आफन्तले संगै गएका साथिमाथि लगाए गम्भीर आरोप (भिडियो)


टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको मृत्यु भएको छ।

गत शनिबार दिउँसो सवा २ बजे तिर उनि बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुल मुनि झुण्डीएर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।

साथीहरुसंग पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरु बबई नदी माथिको झुलुङ्गे पुलमा टिकटक बनाउन गएका थिए । तर रमेश थापाले उत्श्रीन्खलता प्रदर्शन गर्दै पुल मुनिको सपोर्ट तारमा झुण्डिने दुस्साहस गरे ।

उनि तारमा झुण्डीसके पछि फर्कनलाई धेरै कोशिस गरेको भिडियोमा देख्न सकिन्छ । तर उनको हात गल्दै गए पछी हात छोड्छन र २० मिटर तल बगरमा बजारिन पुग्छन । उनि झुण्डिएको माथि ५-७ जना साथीहरु पनि देखिन्छ तर उनीहरुले खासै सहयोग गर्न सकेनन ।

गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।

टिकटक बनाउनको लागी पुलमा झुण्डिएको भनीए पनि रमेशको टिकटक एकाउन्ट नै नभएको खुलासा भएको छ । संगै पिकनिक गएका र पुलमा गएका साथिहरुले समेत रमेशको उद्दार गर्ने कोशिस नगरेको आफन्तको आरोप छ । यस विषयमा मृतक युवकको आफन्तसंग गरिएको कुराकानी हेर्नुहोस ।

भिडियो हेर्न यहाँ जानुहोस ।

०००

खाडी मुलुकमा श्रम गरिरहेका श्रीमानको मोबाइलमा आफ्नै श्रीमतीको परपुरुषसंगको न’ग्न तस्विर आएपछि (भिडियो)

परिवार पाल्न मजबुरीले धेरै युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । आफ्नै परिवारकै लागि पसिना बगाई रहेका कति युवाहरुको भाग्य भने सोचे जस्तो हुन्न । त्यस्तै अभागी मध्यका एक हुन् धर्मराज शाही ।

सिस्ने गाउँपालिका वडा नं. ५ को रुकुमकोटमा एउटा यस्तो घटना घटेको छ जुन घटना सुन्ने सबै अचम्ममा परेका छन् । यस्ता घटनाहरु प्राय फिल्मी पर्दाहरुमा देख्ने गरेका छौं । तर रुकुमकोटमा फिल्मी पर्दामा देखिने घटना वास्तविकतामा नै घटेको छ । जुन कुरा पत्याउन जो केहीलाई पनि त्यत्ति सहज भने हुँदैन । खासमा घटना के थियो भने एक दिन मोबाईल खेलाएरै बसिरहेका धर्मराज शाहीको मोबाईलमा एउटा नचिनेको नम्बरबाट फोटो आउँछ ।

दुर्भाग्य त्यो फोटो उनकै श्रीमती सुशीला शाहीको अ’र्ध’न’ग्न फोटो हुन्छ । जुन फोटोमा सुशिलाको पछाडि पट्टीको भाग पठाईएको हुन्छ । जुन भागमा सुशिलाले ट्याटु खोपेकि छन् । धर्मराजले आफ्नी श्रीमतीको ढाड हो भनेर चिनि हाल्छन् । किनकी उनकी श्रीमतीले ढाडमा ट्याटु खोपेपछि श्रीमानलाई पनि फोटो पठाएकी थिईन् । त्यही फोटोलाई धर्मराजले दोहोर्याई दोहोर्याई नियालेर हेरेपछि आफ्नै श्रीमती हो भन्ने थाहा पाउँछन् । यो कुरा थाहा पाएका धर्मराज निकै नै दुःखी र उदास हुन्छन् ।

विदेशको भूमिमा धर्मराजले खुन पसिना बगाएको झण्डै ११ वर्ष हुन लागेको रहेछ । श्रीमानले उता दुःख गर्ने यता श्रीमतीले श्रीमानको कमाईमा एसआराम गर्नुका साथै अर्कैसंग माया पिरती गाँस्ने । अर्कैसंग माया पिरती गाँसेकी धर्मराजकी श्रीमती सुशिलाले धर्मराजले दुःख गरेर कमाएको ६० लाख रुपैया बोकेर परपुरुषसंग भागिदिईन् । पिडित धर्मराजले आफ्ना दुःखका कुरा यसरी सुनाउँछन् ।

भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिक्रिया दिनुहोस