‘भूपि पुरस्कार’ डा सुकुम शर्मालाई


बागलुङ, १० पुस । धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित ‘भूपि पुरस्कार’ यस वर्ष लेखक एवं समालोचक डा सुकुम शर्मालाई प्रदान गरिएको छ । छयालीसौँ भूपि जयन्तीका अवसरमा आज यहाँ आयोजित समारोहमा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्यन्यायाधीश मोहनबहादुर कार्कीले शर्मालाई रु २५ हजार राशीसहित पुरस्कृत गर्नुभएको हो ।

‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गरिएको हो । समारोहमा शर्माले भूपिको व्यक्तित्व र सिर्जन परम्पराबारे थप खोज गर्न पुरस्कारले प्रेरित गरेको प्रतिक्रिया दिनुभयो ।.उहाँले कवि भूपिलाई उच्च विचार र दार्शनिक चेत भएको सर्वकालिक कविका रुपमा स्मरण गर्नुभयो । मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यका प्रखर कवि भएको टिप्पणी गर्नुभयो ।

पुरस्कृत लेखक शर्माका नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (२०५६), कवि इच्छुक ः कविता सन्दर्भमा (२०६०), पारिजातका कविताको अध्ययन (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् । उहाँ कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मनुभएका शर्मा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका सहप्राध्यापकसमेत रहनुभएको छ ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यकका प्रखर कवि भएको टिप्पणी गर्नुभयो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो । त्यसअघि ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत हुनुभएको थियो । विसं २०७३ मा कोष स्थापना गरी २०७५ बाट पुरस्कार प्रदान गर्न शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस