यो संसारमा नरहे पनि पत्नीको जन्मदिनमा मनै रुवाउने गित गाए मदन कृष्ण श्रेष्ठले (भिडियोसहित)


चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो श्रीमतीको जन्मदिन पारेर मार्किक गित सार्बजनिक गरेका छन् । आज पौष १४ गते श्रेष्ठको जिवनसंगीनीको जन्मदिन । तर मदनलाई उनको श्रीमतीले संधैका लागि छोडेर यो संसारवाट विदा भैसकेकी छन।

यो संसारमा नरहे पनि मदन कृष्ण श्रेष्ठले आफ्नो श्रीमतीलाई सम्झिदै गित गएका छन् । गित सार्बजनिक गर्दै श्रेष्ठ लेख्छन – ”आज पौष १४ गते मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ । संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।

मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । एक दिन पोखराबाट सुप्रसिध्द गीतकार श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, ‘मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है’

गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो । हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थालीसकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेकोछु ।

मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस । यो नयाँ गीतको सुन्दर शब्द हुन । बर ढले पिपल एक्लै, पिपल ढले बर, जो ढले नि चौतारीको छाती चररर ।”

मदन कृष्ण श्रेष्ठ कै स्वरमा यो गित सुन्नुहोस ।

प्रतिक्रिया दिनुहोस