बेबारिसे लासको व्यवस्थापन गर्दै आएका बिनयजंग बस्नेतलाई लगियो रिहाब सेन्टर, उनको पछिल्लो हालत सुनाउदै प्रेमिका र पबित्र रुदै मिडियामा (भिडियो)


बेबारिसे लासको व्यवस्थापन गर्दै आएका बिनयजंग बस्नेतलाई उनका सहकर्मीले रिहाब सेन्टर पुर्याएका छन ।

बस्नेतलाई सहकर्मी पुजा विस्वकर्मा र पबित्र लगायतले ललितपुरको भैसेपाटीस्थित क्लियर भिजन रिहाव सेन्टरमा पुर्याएका हुन् । पछिल्लो समय उनमा मानसिक तनावले गर्दा स्वास्थ्य अवस्था राम्रो नभएको पवित्र बताउछिन । यस अघि बस्नेत पुजासंग विवाह गर्न लागेको भन्दै म दिरा सेवन गरेकै अवस्थामा मिडियामा आएका थिए । जसलाई लिएर उनको निक्कै आलोचना समेत भएको थियो ।

उनका सहकर्मीका अनुसार बस्नेतलाई धेरैले मानसिक तनाव दिए पछि पुन: म दिरा सेवन गर्न थालेका हुन् । उनको महिना दिन अगाडीबाट नै स्वास्थ्य समस्या समेत देखिएको थियो । यस बीच उनि पटक पटक अस्पताल भर्ना समेत भैसकेका छन ।

बिनयजंग बस्नेतलाई रिहाव सेन्टर पुर्याएपछी गरिएको कुराकानी यहाँबाट हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस