बाइकमा सवार श्रीमतीको बाघले ज्यान लिएपछि श्रीमान भावुक हुदै घटना क्रम सुनाउन आए मिडियामा (भिडियो)


पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक गएराति मोटरसाएकलमा सवार महिलालाई बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला बाघले आ क्रमण गरेको हो ।

बाघले आ क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गर्ने क्रममा निकुञ्जभित्र कुवाँभार नजिक शव फेला पारेको छ । महिलाको शव आ क्रमण गरेको स्थान देखि पांच सय मिटर टाढा गुम्ना पुल नजिकै फेला परेको हो ।

मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर बाघको आ क्रमणमा परेका थिए । छोरालाई भने सामान्य चोट मात्र लागेको छ । बाघले झम्टेर महिलालाई जंगलतिर लादै गर्दा ‘छोरा मलाई बचाउ’ भनेर गुहार मागेको आमाको अन्तिम वाक्य सुनेको छोरा बताउछन ।

घटनाको विषयमा मृतक महिलाको श्रीमान मिडियामा आएका छन । उनीसंग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस