आज थप ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु


कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख ५७ हजार ९२८ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १९ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस