नेपालमा २४ घण्टामा थप ३६२ संक्रमित पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं,२५ पुष । पछिल्लो २४ घण्टामा नेपालमा ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै,६९९ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालका कोरोनाका कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगको छ । जसमध्ये २ लाख ५७ हजार ९२८ जनाले कोरोना जितेका छन् । त्यसैगरी,कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस