फेवातालमा भेटीए यस्तो मिठो गीत गाउने मानिस, गीत सुन्दा सबै परे चकित (भिडियो सहित)


पोखराको एक लोकप्रिय पर्यटकीय स्थल हो लेकसाईड। लेक्साईडको मुटुको रुपमा चिनिने फेवातालको “फुट ट्रयाक”मा एक अनौठो व्यक्ति फेला परेका छन।

लामो समय देखि पोखरा बस्दै आएका २४ वर्षका विजय रानाभाट यतिबेला चर्चामा रहेका छन। आफ्नो बुवा कल रानाभाट र आफु डेरा गरी बस्दै आएका उनी स्वरको धनी छन। आफ्नो बुवा बैदेशिक रोजगारमा काम गर्न गएर नेपाल फ़र्किएपछि एक्कासी ब्लड प्रेसर रोगको सिकार भई ग्रसित भए। केहि दिनमै प्रेसरले बुवालाई प्यारालाईसिस बनायो एक भाग चलन नसक्ने बन्यो। कमाउने बुवा नै बिमारी भएपछी आफु सांगीतिक यात्रामा लागीका रानाभाटले बिस्तारै दुख सुख गर्दै गीत गाउँ थाले र ऋण लिएर बजाउने सामाग्री जुटाए।

आफ्नो परिवारको आर्थिक स्थिति कम्जोर भएपछी उनले धेरै दुख पाए। आज भन्दा एक वर्ष अगाडी रानाभाटका कान्छा भाईलाई आफ्नै साथीले मारेर घर पछाडी गाडेर पुरिदिएका थिए। भीको शव एक महिना पछि मात्र फेला परेको थियो। एकातिर घरमा बुवा प्यारालाईसिस अर्को तिर भाईलाई पनि साथिले मारिदिए भने आमा संग बुवाको डिबोर्स भएको छ। ।

यतिबेला उनी पोखराको फेवातालमा आफ्ना बुवा संगै सांगीतिक यात्रा गर्ने गर्छन। बिहान खाना खाएर बाराही घात नजिकै आएर गीत गाउछ्न। दिनभरी गीत गाएर कमाएको पैसाले कोठा भाडा तिर्छन र उनले आफ्नो बुवाको सेवा गर्छन।

बुवाको बुढेसकालको साहारा बनेका उनी भन्छन राम्रो अवसर पाए आफुलाई गाएक बनेर बुवाको मुहारमा खुसि ल्याउने ठुलो धोको छ। सामान्य परिवार त्यहीमाथि बिहान बेलुका कसरी छाक टार्ने भन्ने पिर भएकाले आफुले सामान जुटाउन नसकेको उनी बताउछन। गीत गाउँन र रेकर्ड गर्न पनि पैसा चाईदो रहेछ। सपना मात्र भएर नहुदो रहेछ पैसा बिना अवसर न पईदो रहेछ। गरिब भएपछी कसैले पनि नहेर्दा सारै दुख लाग्दो रहेछ तर मा बाध्यतामा छु।

उनले अन्तिममा भने अब यो समाचार हेरेर कोहि अभिभावक ग्रहण गरेर सहयोग गर्ने भेटे भने म केहि गरेर देखाउने छु। नत्र यहि सडकमा नै गीत गाएर बस्नु बैक बिकल्प छैन। समयमा घरबेटीलाई भाडा तिर र बिमारी बुवाको ख्याल गर्न भएपनि गीत गाउँ आउँनु पर्ने उनको बाध्यता रहेको छ।

यदि तपाईहरुपनि उनको परिवारलाई केहि सहयोग गरी भाईको गाएक बन्ने सपना पुरा भएको देख्न चाहानुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। उनको बुवाको सम्पर्क नम्बर : ९८१७१०९००६

थप जानकारीको लागि भिडियो पुरा हेरेर शेयर गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस