विजय शान्ति सहकारीमा नयाँ कार्यसमिति


विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले जयन्द्रमान सिं बनियाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा त्रिरत्न तुलाधर, सचिवमा वृद्धिमान शाक्य र कोषाध्यक्षमा पूर्णरत्न बज्राचार्य निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा त्रिरत्न मानन्धर, दुर्गा शाक्य र कमला देउजा कंसाकार निर्वाचित हुनुभएको छ । लेखा समितिको संयोजकमा रजनी ताम्राकार तथा सदस्यहरुमा सुशीला शाक्य र चिनीमैंया मानन्धर चयन हुनुभएको छ ।

साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाको आर्थिक वर्ष २०७७÷७८ को भदौ मसान्तसम्ममा कुल बचत निक्षेप रु ११ करोड ३९ लाख ५० हजार, कुल कर्जा सापटी रु ७ करोड ३९ लाख ७५ हजार र कुल लगानी रु ३ करोड ८२ लाख ५ हजार पुगेको छ ।

अध्यक्ष बनियाले संस्थाले कर्जा असुलीमा वृद्धि गर्नाका साथसाथै लगानीमा पनि वृद्धि गर्न सकेको बताउनुभयो । उहाँका अनुसार गत आवमा कार्य सञ्चालनबाट रु ३९ लाख ३६ हजार आय भएकामा सञ्चालन खर्च, कर्मचारी तलब र जोखिम कोष समेतको व्यवस्था गर्दा रु ८ लाख ८६ हजार न्यून हुन पुग्यो । संस्थामा ६० जना शेयर धनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस