भेटेरिनरी अस्पताल प्रयोगशालाको उद्घाटन


लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले माछामा देशलाई आत्मनिर्भर बनाउन माछापालन व्यवसायमा अनुदानको व्यवस्था गरिने बताउनुभएको छ । आज बर्दियाको भेटेरिनरी अस्पतालमा प्रयोगशालाको उद्घाटन गर्दै उहाँले माछापालनमा आकर्षण बढाउन अनुदानसँगै सहुलियत कर्जाको सुविधा प्रदान गरिने बताउनुभयो । प्राकृतिक खोलानालामा पनि माछापालन गर्ने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कृषि अनुसन्धान परिषद्का प्राविधिक मोहम्मद सद्दाम हुसेनले माछापालनमा देखिएका समस्या समाधानका बारेमा प्रकाश पार्नुभयो । मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीले बर्दियामा माछापालनको अवस्थाको बारेमा जानकारी दिनुभयो । सो अवसरमा किसानले माछापालनमा अनुदान तथा कृषि ऋणमा छुट हुनुपर्ने, दानाको समस्या समाधान गर्नुपर्नेलगायतका माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस