आजबाट सस्तो डोमिनारको नेपालमा बिक्री सुरु, यस्तो छ मुल्य


नेपालका लागी बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले सस्तो डोमिनार २५० आजबाट नेपालभर विक्री सुरु गरेको छ ।

डोमिनार ४०० को सस्तो भर्जन हो डोमिनार २५० । यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ ।

डोमिनार ४०० कै धेरै फिचर रहेको डोमिनार २५० मा एलइडी लाइट, स्लिपर क्लच, डबल च्यानल एबीएस र फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको छ । ६ स्पीड म्यानुयल गियरबक्स रहेको यो बाइकमा अपसाइड डाउन फर्क सस्पेन्सन पनि रहेको छ ।

डोमिनार २५० को मुल्य ४ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

०००

नेपाल आइपुग्यो केटीएम ड्यूक २०० को बीएस ६ मोडल

प्रिमियम ब्राण्ड केटिएमको केटीएम ड्यूक २०० को बीएस ६ मोडल नेपाल आइपुगेको छ ।

नेपालको लागि आधिकारकि वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले बीएस ६ भर्सनको केटीएम ड्यूक २०० ल्याएको हो । २०० सिसि सेग्मेन्टमा सबै भन्दा पावरफुल प्रिमियम बाइकमा गनिएको केटीएम ड्यूक २०० बीएस ६ मोडलमा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । जसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । जुन नेपालमा उपलब्ध यो सेग्मेन्टको बाइक मध्य सबै भन्दा पावरफुल हो ।

६ स्पीडको गियरबक्स रहेको यस बाइकमा राम्रो ब्रेकिङको लागी ड्यूल च्यानल एबीएस रहेको छ । अगाडी ३०० एमएम र पछाडी २३० एमएमको डिस्क ब्रेक रहेको छ भने अगाडीको टायर ११० एमएम र पछाडीको टायर १५० एमएमको रहेको छ ।

१३.५ लिटरको फ्युल ट्यांक रहेको यस बाइकले ३४ किलोमिटरको माइलेज दिने कम्पनिको दावी छ । त्यस्तै यसमा १५५ एमएमको ग्राउण्ड क्लिएरेन्स छ भने कुल तौल १५९ किलोग्राम रहेको छ । बिएस ४ भन्दा निक्कै आकर्षक स्वरूपमा आएको बिएस ६ मोडलको मुल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

०००

नेपाल आइपुग्यो नया भर्जनको चर्चित अफरोड बाइक ‘हार्टफोर्ड भीआर’ को दुई मोडल

काठमाडौं । युवाहरु माझ दशकौ अघि देखि लोकप्रिय डर्ट बाइक हो हार्डफोर्डको भीआर । भीआर दुइ इन्जिन अप्सनमा नेपालमा बिक्रि वितरण हुदै आइरहेको छ । ‘भीआर १५० र भीआर २२३’ दुई इन्जिनमा उपलब्ध यी दुई बाइकमा ओएचसी ४ स्ट्रोक इन्जिन रहेको छ ।

नेपालका लागी हार्टफोर्डको नया वितरक इग्निशन अटोले यी दुवै भीआरको नया भर्जन नेपाली बजारमा ल्याएका छन ।  भीआर १५० ले १८.१ पीएस पावर उत्पादन गर्छ भने भीआर २२३ ले १९. १८ पीएस पावर उत्पादन गर्दछ । नेपालको खराब सडकलाई सुहाउदो भीआर बाइक निक्कै मजबुद भएको हुनाले पनि युवाहरुको रोजाईमा परेको छ । २१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।

यी दुवै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ । १२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले फ्रन्टमा युएडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसका साथै दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले भीआर १५० को मूल्य ४ लाख ६५ हजार रुपैयाँ र भीआर २२३ को मूल्य ५ लाख ५८जार रुपैयाँ तोकेको जनाएको छ । यसअघि १५० सीसीको मूल्य ४ लाख १० हजार र २२३ को मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यो मोटरसाइकल यस अघि इन्टरनेशनल मोर्टस प्रालिले बिक्री गर्दै आएको थियो ।

०००

यो पनि

यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्तो अनि सबै भन्दा धेरै माइलेज दिने ४ बाइकहरु (मुल्यसुची सहित)

काठमाडौँ । नेपाली सडक र नेपालीको आयश्रोतको आधारमा मोटर साइकल सबैको रोजाईमा पर्ने सवारी साधन हो । हुनत नेपाली बजारमा ७०-८० लाख रुपैया सम्मको मोटरसाइकल पनि उपलब्ध छ तर ति मोटरसाइकल एकादले मात्र खरिद गर्न सक्छन । नेपाली सडकमा प्राय मध्यम मूल्य कै मोटरसाइकल गुडिरहेको हुन्छन ।

आज हामी निम्न आर्थिक आयश्रोत भएका तर मोटरसाइकलको आवश्यक वा रहर भएकाहरुलाई उपयुक्त ४ मोटरसाइकलको बारेमा जानकारी दिंदै छौ । यी मोटरसाइकलहरु ९७ देखि ११० सिसि सेग्मेन्टमा छन ।  यी मोटरसाइकलहरु किन्नमा सस्तो मात्र हैन किनी सकेपछी पनि किफायती रहने छन् ।  कारण, यी ४ मोटरसाइकलले धेरै माइलेज दिने छ साथै कुनै पार्ट टुटफुट भएमा पनि निक्कै सुलभ मूल्यमा पार्ट पुर्जाहरु पाइने छ । त्यति मात्र हैन नेपाल सरकारले लगाउने करहरुमा पनि सानो सिसिका मोटरसाइकलमा भारी छुट छ । अब जानौ ति ४ मोटरसाइकलहरुको फिचर र हाल नेपाली बजारमा पर्ने मूल्यको बारेमा :

१. टीभीएस रेडीयोन

टीभीएस रेडीयोन मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने ११० सिसी सेग्मेन्टको मोटरसाइकल हो । यो मोटरसाइकल टीभीएसको सबै भन्दा बढी माइलेज दिने मोटरसाइकल हो । यसको वजन ११२ केजी छ भने फ्युल ट्यांक १० लिटरको रहेको छ ।

इन्जिन : ११० सीसी

पावर : ८.३० पीएस

टर्क : ८.७० एनएम

माइलेज : ६९ kmpl

मूल्य : रु. १,८५,९००

२. बजाज प्लाटीना १०० इएस

यो हो बजाजको सबै भन्दा धेरै माइलेज दिने सानो इन्जिनको मोटरसाइकल । यी ५ मोटरसाइकलहरु मध्य सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल पनि यहि हो । धेरै माइलेज दिने भए पनि यसको इन्जिन अन्यको भन्दा ठुलै छ । १०२ सिसीको इन्जिन रहेको यस मोटरसाइकलले ९६ किलोमिटर प्रतिलिटर त माइलेज नै दिने कम्पनिको दावी छ ।

इन्जिन : 102 सीसी

पावर : 8.04 पीएस

टर्क : 8.06 एनएम

माइलेज : 96.9 kmpl

मूल्य : रु. १,७६,९००

३. हीरो एचएफ डीलक्‍स

यो हिरोको सबै भन्दा सानो इन्जिन भएको मोटरसाईकल हो । यसमा ९७.२ सिसीको इन्जिन रहेको छ भने यो नै हिरोको सबै भन्दा बढी माइलेज दिने र सबै भन्दा सस्तो मोटरसाइकल पनि हो । यसको तौल मात्र १०७ किलोग्राम रहेको छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.24 पीएस

टर्क : 8.05 एनएम

माइलेज : 82 kmpl

मूल्य : रु. १,६७,०००

५. हिरो स्प्लेन्डर प्लस

हिरो मोटरसाइकलको धेरै माइलेज दिने मोटरसाइकल मध्यको एक हो हिरो स्प्लेन्डर प्लस । जसमा हीरो एचएफ डीलक्‍समा नभएको फिचर मौजुद रहेको छ । जस्तै यो मोटरसाइकलमा इलेक्ट्रिक स्टार्ट संगै राम्रो ग्राफिक पनि रहेको छ । तर मूल्य मात्र १० हजार रुपैया बढी रहेको छ । हेरो मोटरसाइकल सबै भन्दा सस्तोमा पार्ट्सहरु पाइने ब्राण्डको रुपमा पनि चिनिने गरिन्छ ।

इन्जिन : 97.2 सीसी

पावर : 8.३६ पीएस

टर्क : 8.05 एनएम

माइलेज : 80.6 kmpl

मूल्य : रु. १,७७,५००

प्रतिक्रिया दिनुहोस