यी बालिकालाई इन्द्रेणीले दिएको २० हजार रुपैया सहयोग रकम दुई वर्ष अघि पुजाले लिएर फिर्ता नगरेको भनेपछि शर्मिला आफैले बालिकालाई लिएर पुजाको घर जादै (भिडियो)


चर्चित कार्यक्रम इन्द्रेणी मार्फत बालिका अर्चना पराजुलीले पाएको २० हजार रुपैया सहयोग रकम चर्चित अभियान्ता पुजा विश्वकर्माले लगेर फिर्ता नगरेको भन्दै मिडियाम आएपछि सबै अचम्ममा परेका छन् ।

पुजा विश्वकर्मा तिनै युवती हुन् जो चर्चित सामाजिक अभियन्ता तथा वेवारिसे लास व्यवस्थापन गर्ने विनयजंग बस्नेतसंग विवाह गर्दै छिन । पुजा पनि बिनयजंगकै सहकर्मी हुन् । उनीहरुले केहि दिन अगाडी मात्र प्रेसमिट गरेरै आफुहरुको विवाह हुन लागेको भनेर सार्बजनिक गरेका हुन् ।

उनै सामाजिक अभियान्ता पुजा विश्वकर्माले कुनै पिडितको सहयोग रकम हिनामिना गरेको खबर आएपछि धेरैलाई दुखि बनाएको छ । पूजाले अरुको सहयोग रकम हिनामिना गरेकै हो भने उठाई दिने भन्दै सहकर्मी शर्मिला वाइबा पिडित बालिकाको घर पुगेकी छन । शर्मिला वाइबा पनि बिनयजंग बस्नेतसंगै वेवारिसे लास व्यवस्थापन गर्दै आएकी अभियान्ता हुन् ।

पिडितको घरमा पुग्दा पिडित बालिका र आमा यसरी भाबुक भए । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस