हेटौंँडामा शीतभण्डार भवन शिलान्यास


वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभयो ।

प्रदेश दुग्घ विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नं ८ मा करीब रु ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ ।

आगामी विसं २०७८ वैशाखको पहिलो हप्ताबाट शीतभण्डारलाई सञ्चालनमा ल्याइने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारीदिनुभयो । उहाँका अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषि, भूमि तथा सहकारीमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो ।

सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशको विभिन्न जिल्लामा पाउडर दूधको उत्पादन स्तर गरी अन्तरराष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिता दिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस