२४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ । चार हजार ३७३ जना सङ्क्रमित आइसोलेशनमा छन् । आज १० जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस