प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएर सगरमाथा पुगेका भारतीय जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले भने – ‘सगरमाथामा भारतले दाबी गर्नुपर्छ’ (भिडियोसहित)


पटक पटक नेपाली सार्वभौमिकता माथि प्र’हार गर्दै आएको भारतीय न्यूज च्यानल जी न्यूजले फेरी पनि आ’पत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको सिलसिलामा नेपाल आइपुगेको जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीको टोली सगरमाथालाई अवलोकन गर्न हेलिकप्टर मार्फत त्यहा पुगेको थियो । हिमाली दृश्य देखेपछि उनले विश्व कै सर्बोच्च शिखर सगरमाथा पनि भारतले दावी गर्नु पर्ने बताएका छन् । उनले विश्व कै सामु भारतले सगरमाथा हाम्रो हो भनेर दावी गर्नु पर्ने स्पष्ट भनाई राखेका छन ।

उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् । उनै चौधरी प्रधानसम्पादक रहेको जी न्युजले यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहितको आपत्तीजनक रिपोर्ट बनाएको थियो । तर तिनै विवादित जी न्यूजका प्रधानसम्पादक चौधरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएपछी धेरै चकित भएका छन ।

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन