आज थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु


कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४०३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४०५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख ६० हजार १७७ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १९ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस