घरबाटै निकालेर निमोठेर युवकको ह त्या, बुढी हजुर आमाले रुदै सुनाइन भित्री रहस्य र नालीबेली हेर्दा कस्को मन रुदैन होला! (भिडियो सहित)


पथरीशनिश्चरे नगरपालिका–१० मोरङका १८ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । मिडियामा कुराकानी गर्दै सन्दिपकि आमाले रुदै नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गरेकी हुन । नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाएकि छिन ।

उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृ त अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ ।

बास्कोटाकै योजनामा छोरालाई अन्य स्थानमा ह त्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए । घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पी डा दिएको उनले बताए । आफूहरुले बास्कोटाविरुद्ध किटानी जाहेरी दिएको सन्दिपका दाजु दिवस भण्डारीले बताए ।

अहिलेसम्म वास्कोटा पक्राउ नपर्नुले पनि प्रहरीकै मिलोमतो हुन सक्ने उनले आशंका गरे । दोषी हो वा होइन अनुसन्धानबाट खुल्ने हो तर, खोई अहिलेसम्म बास्कोटा किन पक्राउ परेनन् दिवशले प्रश्न गरे । बास्कोटा खराब ब्यक्ति भएको र उनीसँग हिमचिम नगर्न भाईलाई पटक पटक भनेपनि नमानेका कारण यो घटना भएको उनको भनाई छ । पौष १४ गते विहान नेता बास्कोटाको घरमा भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । बुढी हजुरआमाले घटनाको सुरुदेखि आजसम्मको भित्री रहस्य र नालीबेली बताएको भिडियो हेर्दा कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस