ईटहरीमा रात छिप्पिदै गर्दा देखिए यति धेरै बेहुलीहरु एकसाथ (फोटो फिचर)


ईटहरी/ कोरोना महामारीले प्रभावित पारेको हरेक क्षेत्रहरु यतिबेला खुल्ला स्थितिमा छ । यस्तो अवस्था भएसंगै फेसन शो तथा म्युजिकल शोहरु पनि फाट्टफुट्ट हुन थालेको छ । यस्तैमा ईटहरीमा ‘प्रोभेन्सियल ब्राईडल फेसन शो-२०७७’ दोश्रो सिजन सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको उक्त शोमा १७ जना बेहुली र ४ जना बेहुलाले र्याम्प गरेका थिए । कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान रहेका थिए ।

एल एन्ड सि मोडल एजेन्सिको आयोजनामा सम्पन्न सोमा मोडलहरुले अन्य मोर्डन ड्रेसमा समेत र्याम्प गरेका थिए । शोबाट उत्कृष्ट केहिलाई प्रोत्साहन स्वरुप अवार्ड बितरण समेत गरिएको थियो । शो मार्फत क्याटवाल्क अवार्ड सुस्मिता चौधरीले हात पारिन भने र्याम्पवाल्क अवार्ड ब्वाइजतर्फ अविनास खवासले हात परे ।

यस्तै बेस्ट फोटोजेनिक अवार्ड गर्ल्स तर्फ सिर्जना मिश्र र ब्वाईज तर्फ आयुष कट्वाल, मल्टिमिडिया अवार्ड गर्ल्सतर्फ निरुता अधिकारी र ब्वाइज तर्फ विकास पोख्रेल, पब्लिक च्वाइस अवार्ड गर्ल्सतर्फ सरस्वती सुवेदी ‘जया’ र ब्वाइजतर्फ सुजन पोख्रेलले हात परेका थिए । यस्तै बेस्ट ब्राईडलको अवार्ड भने मनिषा श्रेष्ठले हात पारिन् । यता केही अघि तिजको अवसर पारेर आयोजक कम्पनिले आयोजना गरेको “तिज २०२०” फोटो कन्टेस्टको बिजेता तथा उप-बिजेताहरुलाई पनि सोही अवसरमा पुरस्कार तथा अवार्ड बितरण गरिएको थियो ।

ईटहरीस्थित ईलाईट सिनेमा हलको ग्राउन्डमा उक्त शो सम्पन्न भएको थियो भने झन्डै २ सय दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ । शोमा पहिरन बुटिक ईटहरीले गर्ल्स मोडलहरुको लागि पहिरन तयार गरेको थियो भने ब्वाइज मोडलहरुको लागि गुणस्तरीय ढाका ट्रेडर्स ईटहरीले पहिरन ब्यवस्थापन गरेको थियो । नेपाल आईसको मुख्य प्रायोजक रहेको शोमा झुम्का डान्स क्रुले आकर्षक नृत्य तथा गायक केशव राईले आफ्नो गायन प्रस्तुति राखेका थिए । कार्यक्रमलाई अमिषा रिशाल र सुवास संकल्पले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस