आइपीओ आवेदनमा नयाँ रेकर्ड : नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा १५ लाख २९ हजार बढीले दिए आवेदन, कति कित्ता पर्ला त


शेयर लगानीमा आकर्षण बढेको चन्द्रागिरी हिल्स पछि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमामा परेको आवेदनले पुष्टि गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाको आवेदन परेको छ । कम्पनिले सर्बसाधारणका लागि निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओमा २.३९ गुणाले बढी १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ ।

माघ २ गतेदेखि माघ ६ गते सम्म सर्बसाधारणका लागि खुल्ला गरिएको आवेदनमा इतिहास कै उत्साहजनक उपस्थिति देखिएको हो । यस आइपियोको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

अत्यधिक आवेदन परे पनि सबै आवेदकले कम्तिमा ४० देखि ५० कित्ता पाउने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस