भाइरल हेमराज भुजेल पुगे रेकर्डीङ स्टुडियो (भिडियो)


तनहुँ जिल्ला बन्दीपुर गाउपालिका – २ स्थित आरथुम्का मा बसोबास गर्दै आयका हेमराज भुजेल सुस्त मनस्थितिका भए पनि निक्कै ज्ञानी छन । झट्ट हेर्दा उनि अलिकति केटा केटि कै व्यबहार का छन् तर घरमा भएका बुढा बाउ आमाको साहारा हेमाराजनै हुन्।

आजकाल हेमराज धेरै युट्युबरको क्यामेरामा कैद हुने गर्दछन । आफ्नो पिडालाई बिर्सेर भए पनि उनि सबैको अगाडि हासेर रमाइलो गर्दै हिड्छन। उनको त्यहि बानि धेरैले रुचाएका छन् । उनको भिडियो हेर्ने धेरैले उनलाई आर्थिक सहयोग गर्दै आएका छन ।

उनि जति सोझा छन् उनको गित गाउने शैली पनि उत्तिकै रोचक छ । उनले गित मात्र गाउदैनन मादलको ताल पनि आफ्नै मुखबाट दुरुस्तै निकाल्छन । सुस्त मनस्थितिका भएपनि उनले गितको भाका र शव्द भने सर्लक्कै टिप्न सक्ने खुबीका छन ।

त्यति मात्र हैन उनि सामान्य मानिस झैँ ठट्टा समेत गर्न माहिर रहेछन । उनले क्यामेरामा अभिनय गर्न भनेपछि आफ्नो श्रीमतीलाई फोन कल गरेको निक्कै राम्रो अभिनय गरेर मनोरंजन दिलाएका छन ।

उनै हेमराज देशको राजधानी काठमाडौँ शहर आइपुगेका छन । उनि भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट घुम्न जाने क्रममा निक्कै उत्साहित देखिन्थे । उनलाई देख्नासाथ भाटभटेनीमा सपिङ गर्न आएका ग्राहकहरुले गित गाउन लगाई हाले । युट्युबमा देखेका भाईलाई अगाडी देखेपछि सबै निक्कै रमाइलो मानिरहेका थिए ।

लोकगितमा निक्कै रुची राख्ने हेमराज राजधानीको एक रेकर्डीङ स्टुडियो समेत पुगेका छन । गित कसरी रेकर्ड हुनेरहेछ भनेर उनले त्यसको अनुभव समेत लिएका छन ।

हेर्नुहोस हेमराज रेकर्डीङ स्टुडियो पुग्दा कस्तो गित गाए ।

 

प्रतिक्रिया दिनुहोस