पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जीतबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

उहाँले स्व बुढाथोकी जस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताउनुभयो । दाङ कम्युनिष्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले पार्टीमा बुढाथोकीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस