सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गर्नुभएको छ ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै कांग्रेसले आज देशभरका छ ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो । उहाँले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीका गाउँ÷नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस