मुख्यमन्त्री शेरधन राईले मोडलसंग विवाह गर्नै लाग्दा फेरी मिडियामा आइन बालिका, भन्छिन – ‘म संग लिभिङ टुगेदर अनि विवाह चाहि अर्कैसंग’ (भिडियो हेर्नुहोस)


प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने पक्का भएको छ । उनले भोली माघ ११ गते आइतबारका दिन सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाधिने भएका हुन्।

मुख्यमन्त्री राईले विवाह गर्ने पुष्टि उनकै सचिवालयले गरेको हो । ४९ वर्षीय मुख्यमन्त्री राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहेनन्। उमेरमा निकै ठूलो अन्तर रहेकी ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको खुलेको छ। हिजो आज उनीहरुको विवाहको चर्चा निक्कै भइरहेको छ । आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले मुख्य मन्त्रीको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको हो ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। ज्याङ्मुले उदघोषण लगायत विभिन्न गितमा मोडलिङ समेत गरिसकेकी छन ।

मुख्यमन्त्री राईको विवाह हुनै लाग्दा राईलाई आफ्नो श्रीमान भन्दै आएकी बालिका खड्का पुन: मिडियामा आएकी छन। तर बालिका अहिले मात्र मिडियामा आएको नभएर २-३ वर्ष अगाडी नै शेरधन राईले आफुलाई धोका दिएको भन्दै भाइरल नै भइसकेकी पात्र हुन् । बालिकाले शेरधन राई आफ्नो श्रीमान भएको र अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन् । तर, उनले अहिले मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै पछी मुद्दा फिर्ता लिएकी थिइन्।

पछिलो समय चुपचाप बसेकी बालिकाले राईले विवाह गर्न लागेको थाहा पाएपछि मानव अधिकार आयोगमा समेत निवेदन दिएकी छन । उनले अझै पनि राईले मेरो जीवन बर्बाद बनाएको दावी गर्दै आएकी छन ।

शेरधन राईले भोली विवाह गर्दै गर्दा आज बालिकाको माग के हो त ? बालिका खड्कासंग गरिएको ताजा कुराकानी हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस