प्रबिन बेड्वालको स्वरमा ‘सम्पत्तिमा बिक्ने माया’सार्वजनिक (भिडियो सहित )


काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हाे ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ । उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ ।

किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस