यसरी सम्पन्न भयो मुख्यमन्त्री शेरधन राई र जाङमु शेर्पाको विवाह (१६ तस्विरमा हेर्नुहोस)


काठमाडौं,११ माघ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा विवाह बन्धन बाधिएका छन् । ४९ बर्षिया मुख्यमन्त्री राईले २३ वर्षीया जाङमु शेर्पालाई आइतवार विवाह गरेका हुन् ।

राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा महामारीकाबीच केहि आफन्त र साथीभाई मात्रै भेला गरि विवाह गरेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् ।

तस्बिर सौजन्य : ध्रुव सुवेदी

प्रतिक्रिया दिनुहोस