धेरै समय पछी दमकमा आएर अशोकले आफ्ना साथीहरु देख्दा स्टेजमै रोए, अशोकलाइ हेर्दै टंक भाबुक हुदा माहोल यस्तो बन्यो (भिडियो सहित)


झापा । हुने बिरुवाको चिल्लो पात भनेझैं अशोक दर्जी युटुबमा एकाएक चर्चामा आएका थिए । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ । मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

अशोकको नाममा धेरै बिबादास्पद कुराहरु आए गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि धेरैले गलत भने तर उनले सबै हिसाब सहित सम्पुर्ण कुराको एक एक रिपोर्ट देखाए र उनी सबैको मनमा सबैको ढुक्ढुकी बनेर बसेका छन । उनले आफ्नो भिट्टा बेचेर भए पनि म अशोकको घर बनाउछु भनेर घर बनाउन लागि परेर अन्तत सबैको सरसहयोगले गर्दा घर बनिएको छ । टंक बुढाथोकी र अशोक दर्जी अहिले झापा दमकमा कोरना पछाडी कार्यक्रमको लागि आएका थिए । टंक र अशोकलाई हेर्न रातभरी मानिसहरु पर्खिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस